सिड्नी – अष्ट्रेलियाको सिड्नीस्थित नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) क्याम्पसले व्याचलर अफ ईन्फरमेशन टेक्लोलोजी विषय पढाउने अनुमती पाएको छ।
न्याप्सका संस्थापक सुमन भेटवालले यसबारेमा जानकारी गराउर्दै सबैमा आभार समेत व्यक्त गरेका छन्। ‘‘यो उउटा महत्वपुर्ण उपलव्धी हो,’’ उनले भने, ‘‘आईटी पढ्ने योजनामा रहनुभएका विद्यार्थीहरुले यसबाट राम्रो लाभ लिन सक्नुहुनेछ।’’
न्याप्सका बजार प्रवन्धक मुकेश धमलाले नेपाली विद्यार्थीहरु पनि यसबाट लाभान्वित हुन सक्ने जिकीर गरे। ‘‘कोर्सका बारे सम्पुर्ण जानकारी र शुल्कहरुको बारेमा आधिकारीक रुपमा छिट्टै जानकारी गराउने छौ।’’ उनले भने।
न्याप्स क्याम्पसमा हाल पनि नेपाली विद्यार्थीहरु अध्ययनरत छन्। यसमा व्याचलर अफ विजनेश र व्याचलर अफ सोसल वर्क पनि पढाइ हुने गरेको छ।