काठमाडौं - नेकपा एमालेका केन्द्रिय सदस्य एवम् यूवा संघका पुर्व अध्यक्ष किरण पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार नियुक्त भएका छन्।
उनलाई प्रधानमन्त्री ओलीले शुक्रबार जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा नियूक्त गरेका हुन। यूवा संघको अध्यक्ष रहदाँ गरेका विभिन्न यूवा र जनमुखी कामहरुका कारण पौडेलको लोकप्रियता बढेको थियो।
प्रविधि र सञ्चारको राम्रो ज्ञान भएका पौडेल यसअघि पनि पार्टीका लागि विभिन्न योजना निर्माण एवम् कार्यान्वयनमा सकृय रहँदै आएका छन्।
पौडेल गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट प्रकाशमान सिंह, रविन्द्र मिश्रजस्ता हाईप्रोफाईलसँग चुनाव समेत लडेका थिए।