पेरिस – फ्रान्सको हाई–स्पीड रेलवे लाइनहरूमा आक्रमण भएको छ। यसको कारणले ओलम्पिक सुरु हुनुभन्दा अघि पेरिसमा रेल यातायात नराम्ररी अवरुद्ध भएको छ।
फ्रान्सको नेशनल रेल कम्पनी एसएनसीएफले शुक्रबार हाई–स्पीड लाइनहरूमा धेरै संदिग्ध गतिविधिहरू भएको जानकारी दिएको छ। यसको कारणले उच्च जोखिम देखिएको छ भने ओलम्पिक खेलहरूको उद्घाटन समारोहको दिन रेलवे यातायातमा अवरोध आएको छ। सुरक्षा अधिकारीहरुका अनुसार रेलको लिकहरुमा ठूलो क्षति पुगेको छ। लिकहरूमा आगजनी गरिएको छ।
घटनामा क्षतीग्रस्त रेलवे लाइनहरूको मर्मत कार्यमा एक हप्ता लाग्न सक्छ। यसले रेल यातायातमा धेरै गम्भीर परिणामहरू उत्पन्न हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन्।