काठमाडौं, १३ साउन – प्रेस चौतारी नेपाल महिला विभागले मातृसेवा प्रतिष्ठान नेपालको सहयोगमा डा. शान्ति पाण्डे स्मृति राष्ट्रिय महिला पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
यसै अवसरमा आयोजित कार्यक्रममा, महिला पत्रकारिता क्षेत्रको प्रोत्साहन र विकासका लागि ५ लाखको अक्षयकोष स्थापना गरिएको छ। हरेक वर्ष प्रेस चौतारी नेपालमा आवद्ध एकजना महिला पत्रकारलाई ५० हजार १ सय १ नगद सहित यो पुरस्कार प्रदान गरिने छ।
प्रेस चौतारी नेपाल महिला विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रतिनिधिहरूले पत्रकारितामा महिलाहरूको योगदानको सराहना गर्दै यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले उनीहरूको हौसला बढाउने विश्वास व्यक्त गरे।