काठमाडौं - बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेको छ।
यस दिन नेप्सेले २७ सयको मनोवैज्ञानिक विन्दु पार गर्दै २९ महिनाकै उच्च विन्दुमा बन्द भएको हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा पुगेको थियो, जुन त्यसयताकै उच्च हो।
सेयर मूल्यमा सर्किट लेभलको वृद्धि
नेप्से परिसूचक २७६० विन्दुमा पुग्दा १२ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ। युनाइटेड अजोड इन्स्योरेन्स, गुराँस फाइनान्स, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यो पनि पढ्नुहोस: यस्ता गल्ती गरे डुबिन्छ सेयर बजारमा ! यी कुराहरुमा ध्यान दिनुहोस लाग्ने छैन् घाटा
नेपाल वेयर हाउजिङ र प्रोगेशिभ फाइनान्सको मूल्य ९.९९ प्रतिशतले र ओरियन्टल होटल र समृद्धि फाइनान्सको मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ। यी कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा धेरै फाइदा गरेका छन्।
कम्पनीहरूको अद्यावधिक सेयर मूल्य
-
युनाइटेड अजोड इन्स्योरेन्स: प्रतिकित्ता मूल्य ७६१ रूपैयाँ २० पैसा
-
गुराँस फाइनान्स: ८५८ रूपैयाँ
-
श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स: ६३३ रूपैयाँ ६० पैसा
-
रिलायन्स फाइनान्स: ५७८ रूपैयाँ ६० पैसा
-
दिव्यश्वरी हाइड्रोपावर: २५८ रूपैयाँ ५० पैसा
-
मकर जितुमाया सुरी हाइड्रोपावर: ५२० रूपैयाँ ५० पैसा
-
नेपाल रिपब्लिक मिडिया: ५१७ रूपैयाँ
-
कुथेली बुखरी हाइड्रोपावर: १,६९४ रूपैयाँ
-
नेपाल वेयर हाउजिङ: १,२४२ रूपैयाँ ६० पैसा
-
प्रोगेशिभ फाइनान्स: ५९७ रूपैयाँ ७० पैसा
-
ओरियन्टल होटल: १,१०४ रूपैयाँ
-
समृद्धि फाइनान्स: ७०१ रूपैयाँ ५० पैसा
नेप्सेको यो वृद्धिले सेयर बजारमा उत्साह थपेको छ भने लगानीकर्ताहरूमा सकारात्मक संकेत दिएको छ।