पोखरा, — पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा र श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरूको उल्लेख्य सहभागीता रहेको छ।
भदौ १० गते श्रीकृष्ण अष्टमीसम्म सञ्चालन हुने उक्त कार्यक्रमको सातौं दिनसम्म आइपुग्दा भक्तजनको सक्रियता देखिन थालेको छ। श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले यसबारे जानकारी दिए।
अध्यक्ष ढकालका अनुसार, सातौं दिनको कार्यक्रममा भक्तजनहरूको सहभागितासँगै सहयोग रकमको आगमन पनि सुरु भएको छ। बुधबार, श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्ष कल्याण कार्कीले ५ हजार ५ सय ५५ र केन्द्रीय सदस्य बद्री प्रसाद ओलीले ५१ हजार नगद सहयोग प्रदान गरेका छन्। कार्यक्रमका अर्थ संयोजक टेकनाथ पराजुलीले यसबारे जानकारी दिए।
कार्यक्रमलाई सफल बनाउनका लागि भागरथी बराल र इन्दीरा सापकोटाको संयोजकत्वमा सहयोग टोलीले कार्य गरिरहेको छ। पोखरा महानगरपालिकाका वडा नं ७ का अध्यक्ष राममोहन आचार्य, श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य केदारनाथ अधिकारी, महिला विकासका लागि आमा समूहका अध्यक्ष तुलसी बराल, जानुका चालिसे, गंगा क्षेत्री, तिलुकुमारी पुरी, कृष्ण पुरी, लक्ष्मी पुरी, रोशन बन्जरा, भोला गिरी, जमुना पुरी, गंगा पुरी, जिल्ला उपाध्यक्ष विष्णु पहाडी, तारा गिरी, विष्णु सिग्देल लगायतको उपस्थिति रहेको जिल्ला सचिव लक्ष्मण बरालले जानकारी दिए।
एक महिने श्रीमदवीतक चर्चा र श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले प्रवचन प्रदान गरिरहेका छन् भने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र सुजन बन्जराले साथ दिइरहेका छन्। हरेक दिन ११ बजे देखि २ बजे सम्म श्रीमदवीतक चर्चा र श्रीकृष्ण कथा प्रवचन हुने अध्यक्ष ढकालले जानकारी दिए।