काठमाडौं – सरकारले आफ्नो वाचा पूरा नगरेको भन्दै सहकारी पीडितहरुले काठमाडौंको रत्नपार्क क्षेत्रमा आज प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा भएको प्रदर्शनमा पीडितहरुले मुखमा टेप लगाएर सहभागिता जनाए। उनीहरुले ूदुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकारू जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
सरकारसँग पटक–पटक भएका सहमतिहरु कार्यान्वयनमा नआएपछि उनीहरु आन्दोलन गर्न बाध्य भएका हुन्। बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार गत जेठ ११ गतेदेखि रिले अनशन सुरु गरेका थिए। तर, ६५ दिनसम्म अनशन जारी राख्दा पनि सरकार संवेदनहीन रहेको आरोप उनीहरुको छ।
महासंघले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान चलाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सहकारी पीडितहरु आजको प्रदर्शनमा सहभागी भएका हुन्।
प्रदर्शनले सहकारी पीडितहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र उनीहरुको समस्या छिटो समाधान गर्नुपर्ने आवाज उठाएको छ।