काठमाडौं - सुनको मूल्य शुक्रबार नयाँ रेकर्डमा पुगेको छ।
सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन यसअघि साउन २ गतेको १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँ थियो।
यसबाहेक, चाँदीको मूल्य पनि प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो।