नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेललाई पठाएको छ।
प्रमुख सचेतक हिक्मतबहादुर विष्टका अनुसार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ।
कांग्रेस–एमाले गठबन्धन बनेपछि कर्णाली प्रदेशमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो। आठ सदस्यीय प्रदेश मन्त्रीपरिषदमा एमालेबाट एक मुख्यमन्त्री, दुई मन्त्री, र एक राज्यमन्त्री सरकारमा सहभागी छन्।