काठमाडौं - गृह मन्त्रालयले साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ।
यो निर्णय मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा गरिएको हो। सो दिन उपत्यकाका काठमाडौं, ललितपुर, र भक्तपुरमा बिदा रहनेछ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति मार्फत तीन जिल्लामा बिदा दिइएको औपचारिक जानकारी दिएका छन्।
