सदन चल्ने भएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी पत्रकार सम्मेलन रोकेर प्रदेश सभा पुगेका छन्।
प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सभा बहिष्कार गर्ने तयारी गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले साढे ४ बजे मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। तर, सदन चल्ने परिस्थिति निर्माण भएपछि सोडारी प्रदेश सभा पुगेका हुन्।
गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा छन्। सत्तासाझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने आज अन्तिम दिन हो।