ललितपुर - ललितपुर महानगरपालिका-३१ स्थित बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ। शव वडा कार्यालय नजिक भेटिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०-४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा आइतबार बिहान करिब ८ बजेतिर भेटिएको थियो।
शवको सनाखत हुन सकेको छैन भने घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।