काठमाडौं - नेपाली बजारमा आज सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।
साथै, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रूपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ थियो, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँले घटेको हो।