काठमाडौंमा एक घण्टा सवारी पार्कीङ्ग गरेको शुल्क ४ सय। पत्याउनुहुन्छ?
व्यवसायी महेश पालले आईतबार यस्तै गुनासोसहित फेसबुकमा एउटा पोष्ट लेखे। काठमाडौंका मेयर बालेन्द्र शाह ‘‘बालेन’’लाई ‘‘मेन्सन’’ गरेर लेखिएको उक्त पोष्टमा उनले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यतीमा कार पार्कीङ्ग गर्दा प्रतिघण्टा ४ सय रुपैयाँका दरले ४ घण्टाको १६ सय रुपैयाँ शुल्क तिरेको भौचरको फोटो राखेका छन्।
सँगै उनले प्रश्न गरेका छन्, ‘‘के उनीहरूले चाहेको रकम लिनु कानुनी रुपमा सहि छ?’’
मनमानी शुल्क असुली
महानगरले दरबारमार्ग क्षेत्रमा बाटो छेउमा हुँदै आएको पार्किङ्गलाई निषेध गरेपछि यस क्षेत्रमा पार्किङ्गको समस्या उत्पन्न भएको छ। यसै परिस्थितिको फाइदा उठाउँदै केहि पार्किङ्गस्थलहरुले मनमानी शुल्क असुलीरहेका छन्। होटल याक एण्ड यती त्यस्तै एक उदाहरण हो।पार्कीङ्गबाट निस्कदै गरेका एकजनाले भने, ‘‘यो त सरासर ठगी नै हो नी। काम परेपछी आउनै पर्यो। पार्किङ्ग नी गर्नै पर्यो। चुपचाप यो ठगी सहनु परिरहेको छ।’’
महानगरको नीति र कानुनी प्रावधान
काठमाडौं महानगरपालिकाले आर्थिक विधेयक–२०८० मा सवारी पार्किङ शुल्क निर्धारण गरेको छ। व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा दश वर्षसम्म सम्पत्ति कर छुट दिने व्यवस्था पनि गरेको छ। तर, पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकामा महानगरपालिकाले कारबाही गर्ने जनाएको छ।
महानगरको आर्थिक विधेयक २०८० को दफा १२ मा सवारी साधनमा पार्किङ शुल्क लगाउने कुरा उल्लेख गरिएको छ। महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिइने बताइएको छ।
पार्किङ शुल्कको दररेट
महानगरपालिकाले क्षेत्रगत आधारमा पार्किङ शुल्क निर्धारण गरेको छ।
