काठमाडौं – धादिङको गजुरी–५ जरेखोला नजिक पहिरोका कारण रुख ढल्दा एक माइक्रो बसका ७ जना यात्रु घाइते भएका छन्। घाइतेहरुलाई तत्कालै गजुरी अस्पताल लगिएको छ।
बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस धादिङबेंसीबाट काठमाडौंतर्फ आउँदै गर्दा पहिरोले रुख ढलेर बसमाथि बजारिएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसमा सवार ७ जना यात्रु घाइते भएका छन्, तर उनीहरुको परिचय हालसम्म खुल्न सकेको छैन। दुर्घटनापछि अवरुद्ध भएको सडक खुलाउने काम जारी छ।
प्रहरीले घटनास्थलमा पुगेर घाइते यात्रुहरुको उद्धार कार्य शुरु गरेको छ र सडक खुलाउनका लागि आवश्यक प्रयास जारी राखेको छ।