धनगढी – नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुको नाम छान्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ। एक नेताका अनुसार, प्रदेश महामन्त्री मेघराज खड्कासहित बहादुर थापालाई मन्त्रीको रूपमा चयन गर्ने तयारी गरिएको छ।
साथै, दुई राज्यमन्त्रीको लागि गीता चौधरी र ललिता सुनुवारको नाम अघि सारेको चर्चा छ।
सत्तारुढ दलहरुबीच भएको भागबन्डामा नेपाली कांग्रेसले मुख्यमन्त्री पद र तीन मन्त्रालय प्राप्त गरेको छ भने नेकपा एमालेले ३ मन्त्रालय पाएको छ।