नेपाल शैक्षिक परामर्श संघ, ईक्यानको आयोजनामा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कको विदाई कार्यक्रम सम्पन्न भएको छ।
ईक्यान अध्यक्ष शेषराज भट्टराईले राजदुत भोल्कलाई दोसल्ला र पुष्पगुच्छासहित कार्यक्रममा स्वागत गरेका थिए। उपाध्यक्ष एन्ड्र्यु पौडेलले स्वागत मन्त्यव्य दिएको कार्यक्रममा भोल्कको कार्यकालका दौरान प्राप्त उपलव्धी र सकरात्मक परिवर्तनबारे निर्माण गरिएको भिडियो प्रस्तुत गरिएको थियो।
अध्यक्ष भट्टराईले राजदूत भोल्कको नेपालमा साडे तीन वर्षको कार्यकाल दौरान खेलेका भुमिकाको प्रंशसा गरे। उनले विशेष गरी शिक्षा र सांस्कृतिक आदानप्रदानको क्षेत्रमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई सुदृढ बनाउन भोल्कले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको चर्चा गरेका थिए। अध्यक्ष भट्टराईले ईक्यानका पहलहरूको लागि राजदूत भोल्कको समर्थनले नेपालको शैक्षिक परिदृश्यलाई धेरै अगाडि बढाएको जिकिर गरे।
राजदूत भोल्कले आफ्नो कार्यकाललाई कृतज्ञतासाथ स्मरण गरेकी थिईन। उनले नेपालमा रहँदा आफू उत्साही र जीवन्त समुदायको हिस्सा हुन पाएको जिकिर गर्दै गर्व व्यक्त गरिन्। उनले ईक्यानको प्रयासबाट बनेका सशक्त साझेदारी र अर्थपूर्ण सम्बन्धहरूको प्रशंसा गरिन्। उनले ईक्यानको व्यावसायिकता र अस्ट्रेलिया र नेपालबीचको शैक्षिक र सांस्कृतिक सम्बन्धको पुलको रूपमा यसको महत्त्वपूर्ण भूमिकाको सराहना पनि गरिन्।
राजदूत भोल्कले अस्ट्रेलिया–नेपाल सम्बन्धको निरन्तर सफलता र ईक्यानका परियोजनाहरूमा विश्वास व्यक्त गरिन्। उनले सबैलाई यो बिदाइ समारोहका लागि धन्यवाद दिँदै आफ्नो कार्यकालमा स्थापित भएका सशक्त सम्बन्धहरू निरन्तर फस्टाउने आशा व्यक्त गरिन्।
महासचिव दिपकराज भुषालले सञ्चालन गरेको कार्यक्रम फोटो सेसनसँगै समाप्त भएको थियो।