बीरगंज कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन्।
कारागारमा कैदीबन्दीले उपभोग गर्ने सामानको बजार मूल्यभन्दा बढी रकम लिने गरिएको छ। खाना पकाउने, तरकारी, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गरेको कैदीबन्दीको आरोप छ।
तरकारी पकाउँदा ८० देखि १०० रूपैयाँ तिर्नुपर्ने, मासु पकाउँदा १०० रूपैयाँ तिर्नुपर्ने, प्याज र टमाटर छुट्टै किन्नुपर्ने, सिदा रकम दैनिक ८० रूपैयाँ र सात सय ग्राम चामलमा समेत अनियमिता हुने गरेको छ।
कारागारमा १ हजारभन्दा बढी कैदीबन्दी छन्। दैनिक १ लाख सिदा रकम र करिब ८ क्वीन्टल चामल उपलव्ध हुन्छ। मासिक ३० लाख भन्दा बढी सिदा रकम र करिब ९६ क्वीन्टल चामल उपलब्ध हुन्छ।
कारागार भित्र किराना आइटम, तरकारी, पेय पदार्थ, गुटखा, सुर्ति, चुरोट बजार मूल्यभन्दा २ सय प्रतिशत महँगोमा बिक्री हुने गरेको छ। चौकीदारले मासिक लाखौं रुपैयाँ असुल्ने गरेको छ। गुणस्तरहीन चामल, दाल, सडेगलेका तरकारी खुवाएर चौकीदारले लखनउ लुट मच्चाइरहेको भए पनि नियामक निकाय भने बेखवर छन्।
कारागार प्रमुखले चौकीदार नियुक्त नभएको तर आफ्ना विश्वास पात्र थुनुवालाई चौकीदारको जिम्मेवारी दिएर कानूनी प्रावधानलाई लत्याइरहेका छन्।