पोखरास्थित ‘एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस’ ले आफ्नो २१ औं वार्षिकोत्सव विविध कार्यक्रमहरु सहित सप्ताहव्यापी रुपमा मनाइरहेको छ।
एक्सपर्टले सात दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ जसमा प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन, शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता, वृक्षारोपण तथा सरसफाई, रक्तदान कार्यक्रम र अन्तिम दिन ‘इन्लाइटेन् एडु -द अल्टिमेट एजुकेशन एक्स्पो’ आयोजना गरेको छ।
एक्सपर्ट एजुकेशनका म्यानेजर विष्णुप्रसाद गौतमका अनुसार, सप्ताहव्यापी कार्यक्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रुम्जा स्थित हिमाली आधारभूत विद्यालयका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ। पुम्दीभुम्दीमा पार्क सरसफाई तथा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरिएको छ।
विहीबार, २३ वटा ब्राञ्चहरुले एकसाथ विहान साढे सात बजेदेखि रक्तदान कार्यक्रम आयोजना गर्नेछन्। अन्तिम दिनको एक्स्पोमा ४० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् र अष्ट्रेलिया, यूके, क्यानडा, न्यूजिल्याण्ड, यूएसए लगायतका देशका लागि शैक्षिक परामर्श प्रदान गरिनेछ। साथै, शैक्षिक लोनका लागि प्रत्यक्ष परामर्श प्रदान गर्ने हेतु बैंकका प्रतिनिधिहरु पनि उपस्थित रहनेछन्।
एक्सपर्ट पोखराका म्यानेजर रमेश बास्तोलाका अनुसार, जनवरीदेखि अहिलेसम्म ७ महिनाको अवधिमा झण्डै ७ सय विद्यार्थीलाई रोजेको गन्तव्यमा पु¥याउन सहयोग गरिसकेको छ। एक्सपर्ट पोखरामा मात्रै ३५ जना कर्मचारी कार्यरत छन्।
अष्ट्रेलियाको सिड्नीमा सन् २००३ अगष्ट ८ मा स्थापना भएको एक्सपर्टले हाल २० देशमा ६० भन्दा बढी शाखाहरु संचालन गरेको छ। एक्सपर्टले शैक्षिक परामर्शसंगै आइईएलटीएस, पीटीई, स्याट लगायतका कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ।