नुवाकोटको सूर्यचौर क्षेत्रमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।
बुधबार दिउँसो भएको यस दुर्घटनाको पुष्टि जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले गरेका छन्।
दुर्घटनास्थलमा प्रहरी परिचालन
शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा हेलिकप्टर खसेको जानकारी प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दिएका छन्। अधिकारीले भने, “हेलिकप्टर खसेको र आगो लागेको जानकारी प्राप्त भएपछि हामी घटनास्थलतर्फ जाँदैछौं। प्रहरीहरूलाई पनि घटनास्थलमा पठाइसकिएको छ।”