काठमाडौं - बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ।
प्रधानमन्त्री ओलीको दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन्। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु अत्यन्तै दुःखद् भएको बताएका छन्।