काठमाडौं - दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ। एएफसीले विभिन्न प्रश्नहरू उठाउँदै दशरथ रंगशालालाई केही समयअघि अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजनाका लागि अयोग्य ठहर गरेको थियो।
रंगशालाको सुधार
गत चैत्रदेखि राष्ट्रिय खेलकुद परिषद्ले रंगशालाको रेखदेख र संरक्षण सुरु गरेको थियो।
मापदण्ड पूरा
एएफसीका प्रतिनिधिले साउन ९ गते दशरथ रंगशालाको निरीक्षण गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।
पहिलो खेल
दशरथ रंगशालाको खेल मैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य ठहरिएसँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाइज युनाइटेडबीच खेल हुने भएको छ।