काठमाडौं - आज बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको श्री एयरलाइन्सको विमान धावनमार्गमा टेकअफको अन्तिम बिन्दुमा पुगेर फर्किएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले उक्त घटनाबारे जानकारी दिँदै विमानमा रहेका यात्रुहरूलाई बोर्डिङ सकिएपछि अचानक विमान फर्काइएको बताइन्।
प्राविधिक कारण वा यात्रु विवाद?
सांसद कठायतले विमान प्राविधिक कारणले फर्काइएको भन्ने जवाफ विमानका कर्मचारीबाट प्राप्त भएको उल्लेख गरिन्। उनले विमान धावनमार्गबाट उड्न लाग्दा अचानक फर्काइनु एयरलाइन्सको लापर्बाही भएको दाबी गरिन्।
तर, श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्याका कारण नभई केही यात्रुबीच विवाद भएपछि विमान फर्काइएको स्पष्ट पारे। "दुई-चारजना यात्रुबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्," उनले भने।