काठमाडौं महानगरपालिका-३२ काँडाघारी, पेप्सीकोलामा बस्ने २८ वर्षीय विवेक पौडेल मृत फेला परेका छन्। पौडेल शुक्रबार बिहान गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल घुम्न गएको बेला दुर्घटनामा परेर बेपत्ता भएका थिए।
पौडेल बिहीबार सुन्दरीजल घुम्न जाँदा खसेर बेपत्ता भएका थिए। उनी बेपत्ता भएपछि स्थानीय बासिन्दा र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनको खोजी गरिरहेको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पौडेलको शव फेला परेपछि थप अनुसन्धान भइरहेको छ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।