सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार १९ वर्षीय मुन्ना साह मृत अवस्थामा फेला परेका छन्।
मुन्ना साहको शव गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा भेटिएको हो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार मृतकको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद मानिएको छ।
मृतकको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं पठाइएको छ। शव परीक्षणबाट मृत्युको कारण पत्ता लगाउन प्रयास भइरहेको छ।
घटनाबारे अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयले एक युवतीलाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक बलिष्टर सिंहले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।