काठमाडौँ - पश्चिम बंगालको दार्जीलिङ जिल्लाको बागडोग्रामा जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार बिहान सिक्किमको नम्बर प्लेट रहेको स्कोर्पियो जिपले बागडोग्राको मुनि चिया बगाननजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो।
बोलबमबाट जल चढाएर फर्कँदै गर्दा एसके ०८ पी ०७३७ नम्बरको जिपले ती पैदलयात्रीलाई ठक्कर दिएको हो। समाचारअनुसार, जिपमा रहेका केही यात्रुसमेत घाइते भएका छन्।
स्करपियोमा सवार व्यक्तिहरू घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रशासनले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।