काठमाडौं - नेपालमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २१०० रुपैयाँले बढेर १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ पनि बढ्यो
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ २५ रुपैयाँले बढेर १७४० रुपैयाँ पुगेको छ।
नेपालमा सुनचाँदीको भाउमा यो किसिमको तीव्र वृद्धि देखिनुका पछाडि अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावलाई कारण मानिएको छ। आर्थिक अनिश्चितता र बजारको अस्थिरताका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको विश्लेषकहरू बताउँछन्।