काठमाडौं - धितोपत्र बजारमा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.४७ अंकले घटेर २ हजार ९६६.३३ अंकमा सीमित भएको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.६५ अंकले घट्दै ५२८.८५ अंकमा पुगेको छ।
कारोबारमा भारी गिरावट
आइतबार कुल ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर रु. २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ मा कारोबार भएको छ। यसदिन नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये नौ उपसमूहको सेयर मूल्य घटेको छ भने चार उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।
केही कम्पनीमा सकारात्मक सर्किट ब्रेकर
राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिप्रपोज फाइनान्स कम्पनी, र सम्पदा लघुवित्तका सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यससँगै लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाएका छन्।
कुन कम्पनीको सेयरले कति गुमायो?
नेप्सेमा केही कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ। नेपाल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य ८.५२ प्रतिशतले घटेको छ। त्यस्तै, न्यादी हाइड्रोपावर ८.४६ प्रतिशतले, शुभम् पावर ७.७४ प्रतिशतले र मातृभूमि लघुवित्तका लगानीकर्ताले ७.५८ प्रतिशतले गुमाएका छन्।