काठमाडौं – स्टार क्रिकेटर सन्दीप लामिछाने ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन्।
व्यक्तिगत कारणले गर्दा लामो समय व्यवसायिक ब्राण्ड इन्डोर्समेन्टबाट टाढा रहेको सन्दिपल ब्रिज इन्टरनेशलनसँग दुई वर्षको लागि सम्झौता गरेको हुन्।
सन्दिप कति रकमको सम्झौतामा ब्रिज इन्टरनेशनलको ब्राण्ड एम्बासडर नियूक्त भएका हुन भन्ने खुलेको छैन्। ‘उहाँ हाम्रो लागि भगजानसरह हुनुहुन्छ,’’ सन्दीपस्ँगको सम्झौता रकमबारे प्रश्नमा ब्रिज इन्टरनेशनलका निर्देशक भुवन गिरिले भने, ‘‘उहाँको मूल्य पैसामा मापन गर्न चाहदनौ।’’
यो सहयोग ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीका लागि एक महत्वपूर्ण रणनीतिक कदम हो, जहाँ सन्दीप लामिछानेजस्तो प्रभावशाली व्यक्तित्वसँग जोडिएर उनीहरूले शैक्षिक क्षेत्रमा आफ्नो पहुँच र प्रभावलाई अझ विस्तार गर्ने लक्ष्य राखेका छन्।
सम्झौता हस्ताक्षर समारोहमा नेपाल शैक्षिक परामर्श संघ, इक्यानका अध्यक्ष शेषराज भट्टराईलगायतको सहभागिता रहेको थियो।
सम्झौता हस्ताक्षर समारोहमा नेपाल शैक्षिक परामर्श संघ, इक्यानका अध्यक्ष शेषराज भट्टराईलगायतको सहभागिता रहेको थियो । ‘‘सन्दिप लामीछानेजस्ता ख्यातीप्राप्त व्यक्तित्व शैक्षिक परामर्श क्षेत्रसँग जोडिनु सुखद कुरा हो,’’ यस सम्झौताबारे प्रतिकृया दिँदै इक्यानका अध्यक्ष भट्टराइले भने, ‘‘यसले शैक्षिक परामर्श व्यवसायको विश्वसनियतामाथि थप बल पुर्याउछ।’