काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ स्थित बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ। प्रहरीका अनुसार बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।
प्रहरी र सेनाको उपस्थिति
घटनास्थलमा प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगिसकेको छ। शंकास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई पनि खबर गरिसकिएको प्रहरीले जनाएको छ।