काठमाडौं – काठमाडौं नयाँ बानेश्वरस्थित बिग एजुकेशन कन्सलटेन्सीद्वारा आयोजीत ‘‘बिग एजुकेशन फेयर २०२४’’ सफलतापूर्वक सम्पन्न भएको छ।
बिग एजुकेशनको कार्यालयमा आयोजीत कार्यक्रममा ६५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको कन्सलटेन्सीका सिईओ सुरज केसीले जानकारी दिए। कार्यक्रमको प्रमुख अतिथिीको रुपमा शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराई रहेका थिए भने विशेष अतिथिहरूमा चर्चित अभिनेत्री दीपाश्री निरौला र चर्चित सोसल मिडिया इन्फ्लुएन्सर साइग्रेस, चर्चित युट्यूबर उत्सव रसाईली रहेका थिए।
कार्यक्रममा इक्यानका अध्यक्ष भट्टराईले शुभकामना दिँदै विग एजुकेशनले विद्यार्थीहरुलाई सहि शैक्षिक परामर्श गर्दै आएको विश्वास व्यक्त गरे।
एजुकेशन फेयरमा ३५ भन्दा बढी विश्वविद्यालय र वैदेशिक शैक्षिक शिक्षण संस्थाका २० भन्दा बढी प्रतिनीधिहरुले पनि सहभागिता जनाएका थिए। यो कार्यक्रमले विद्यार्थी र अभिभावकलाई विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने र उच्च शिक्षाका अवसरहरूको बारेमा जानकारी लिने अवसर प्रदान गरेको थियो।
‘‘विशेषगरी बैदेशिक शिक्षा आर्जन चाहने विद्यार्थीहरुलाई लक्षित गरेर हामीले कार्यक्रम आयेजना गरेका हौ,’’ सिईओ केसीले भने, ‘‘विद्यार्थी र अभिभावकहरुलाई सहि जानकारी उपलव्ध गराउनु हाम्रो उद्देश्य हो।’’ कार्यक्रममा विद्यार्थीहरुको उपस्थितीले उत्साहित बनाएको समेत उनले जिकीर गरे।
उक्त फेयरमा सहभागीहरूले यसलाई अत्यन्त लाभदायक मानेका छन्, जसले नेपालभित्र र बाहिरका शिक्षा अवसरहरूको बारेमा बुझ्न सहयोग पुर्याएको छ। आयोजकहरूले सहभागी सबैलाई धन्यवाद दिएका छन् र यसलाई वार्षिक कार्यक्रमको रूपमा संचालन गर्ने योजना बनाउएका छन्।