तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा आज बिहान भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ।
यूपी ५३ एफटी ७६२३ नम्बरको यो बस पोखराबाट काठमाडौंका लागि छुटेको थियो। बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो। बस नदी किनारमा कच्याककुचुक भएको अवस्थामा फेला परेको छ।
उद्धारमा सशस्त्र र नेपाल प्रहरीको टोली खटियो
घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा १० जना गोताखोरसहित ४५ जनाको टोली र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धार कार्यमा परिचालित भएका छन्। घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ताहरू डोरीको सहायताले बस रहेको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन्।
बसमा करिब ४० जना यात्रु सवार
बसमा करिब ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनाको कारण हालसम्म खुलेको छैन, तर यो दुर्घटना पोखरा–काठमाडौं सडक विस्तारको काम भइरहेको समयमा भएको हो, जसले गर्दा यात्रामा कठिनाइ बढेको छ।