अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससिआईएस) ले आफ्नो निर्देश्कीकामा महत्वपूर्ण अपडेट जारी गरेको छ।
जसमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा अध्ययन गर्दै गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि वैकल्पिक व्यावसायिक प्रशिक्षण (ओपीटी) विस्तारका लागि आवश्यकता पर्ने विषयहरूको स्पष्टिकरण गरिएको छ। यो अपडेट तुरुन्तै लागू हुनेछ र एफ र एम भिसा भएका गैर–आप्रवासी विद्यार्थीहरूको लागि अनलाइन अध्ययन, विद्यालय स्थानान्तरण, ग्रेस अवधिहरू, र वैदेशिक अध्ययन कार्यक्रमहरूको महत्वपूर्ण जानकारी प्रदान गर्दछ।
प्रमुख अपडेटहरू
संशोधित मार्गदर्शन, जुन (यूएससिआईएस) नीति म्यानुअलको खण्ड २, भाग एफ मा व्याख्या गरिएको छ, प्रकाशित मितिबाट पठाइएका सबै निवेदनहरूमा लागू हुनेछ। प्रमुख अपडेटमध्ये एकले विद्यार्थीहरूलाई अनलाइन वा दूर शिक्षाको माध्यमबाट एक कक्षा वा तीन क्रेडिट प्रति शैक्षिक सत्रमा गनिन अनुमति दिन्छ, जबसम्म कक्षामा कुनै महत्वपूर्ण उद्देश्यका लागि शारीरिक उपस्थितिको आवश्यकता हुँदैन।
विद्यालय स्थानान्तरण र शैक्षिक स्तर परिवर्तन
नयाँ नीतिले विद्यालय स्थानान्तरण र शैक्षिक स्तर परिवर्तनको नियमलाई स्पष्ट पार्छ। विद्यार्थीहरूलाई अब समान शैक्षिक स्तरमा एसईभिपी (विद्यार्थी र विनिमय भ्रमणकर्ता कार्यक्रम) प्रमाणित विद्यालयहरू बीच स्थानान्तरण गर्न वा विभिन्न शैक्षिक स्तरमा जान अनुमति दिइएको छ। यसले विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक मार्गलाई सजिलै समायोजन गर्न बढी विकल्प प्रदान गर्दछ।
ग्रेस अवधि र स्थिति परिवर्तन
पोस्ट–कम्प्लेशन ओपीटीको अवधि समाप्त भएपछि ६० दिने ग्रेस अवधिमा विद्यार्थीहरूले आफ्नो शैक्षिक स्तर परिवर्तन गर्न अर्को एसईभिपी प्रमाणित विद्यालयमा स्थानान्तरण गर्न, वा यूएससिआईएससँग अर्को गैर–आप्रवासी वा आप्रवासी स्थिति परिवर्तनको लागि आवेदन दिन सक्नेछन्। यो अवधि विद्यार्थीहरूको भविष्यको योजना बनाउन महत्त्वपूर्ण छ।
पोस्ट–कम्प्लेशन ओपीटी
जसले असोसिएट, स्नातक, मास्टर वा डक्टरेट डिग्री पूरा गरेका छन्, उनीहरू पोस्ट–कम्प्लेशन ओपीटी का लागि ईलिजिबल रहन्छन्। अपडेटले एसटिईएम ओपीटी विस्तारका लागि आवेदन अवधि पनि सुधार गरेको छ र प्रक्रियालाई सहज बनाउन अन्य प्राविधिक अपडेटहरू समावेश गरेको छ।
वैदेशिक अध्ययन कार्यक्रमका लागि निर्देशीका
एसईभिपी प्रमाणित विद्यालयमा अध्ययन विदेश कार्यक्रमहरूमा भर्ना भएका विद्यार्थीहरूको सेभिस (विद्यार्थी र विनिमय भ्रमणकर्ता सूचना प्रणाली) रेकर्ड सक्रिय रहन सक्छ यदि कार्यक्रम पाँच महिनाभन्दा कम समयको हो भने। यद्यपि, यदि कार्यक्रम पाँच महिनाभन्दा बढी समयको छ भने, विद्यार्थीहरूले नयाँ आई ट्वान्टी फारम, गैर–आप्रवासी विद्यार्थी स्थिति प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुनेछ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा प्रभाव
यी अपडेटहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि स्पष्ट र लचिलो मार्गदर्शन प्रदान गर्न लक्ष्य राख्दछन्, जसले उनीहरूलाई आफ्नो भिसा स्थिति कायम राख्न र ओपीटी र एसटिईएम ओपीटी विस्तारजस्ता अवसरहरूको फाइदा लिन सुनिश्चित गर्दछ। परिवर्तनहरूले विद्यार्थीहरूलाई अमेरिकामा शैक्षिक र पोस्ट-शैक्षिक करियरको सुरुवातमा सहज संक्रमण गर्न सहयोग पुर्याउनेछन्।