काठमाडौँ — बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २ हजार ७ सय ८६ दशमलव ४० अंकमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा यो ०.१३ प्रतिशतले बढी हो। अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार सामान्य सुधार देखिएको हो।
करिब १४ अर्ब रुपैयाँको कारोबार
बुधबार नेप्सेमा करिब ४ अंकको वृद्धि भएको छ भने कुल १३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबारमा आएका ९७ कम्पनीको सेयर मूल्य बढेको छ, १४३ वटाको घटेको छ, र बाँकी ४ वटाको स्थिर रह्यो।
उपसमूहहरूको परिसूचकमा मिश्रित परिणाम
उक्त दिन १ लाख ६८ हजार १ सय ७५ वटा कारोबारबाट ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच भएका छन्। बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष र अन्य उपसमूहको परिसूचक बढेको छ, भने बाँकी उपसमूहहरूको परिसूचक घटेको छ।