देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा रहेको छ भने दक्षिण र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।
वर्तमान मौसम स्थिति
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक—दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसोको मौसम पूर्वानुमान
दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातिको मौसम पूर्वानुमान
राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।