देवघाट गाउँपालिका वार्ड नं ४ स्थित बेलसरामा जंगली बाघले निरन्तर दुःख दिइरहेको छ, जसले गर्दा त्यहाँका स्थानिय बासिन्दा त्रसित छन्। चाडपर्वको मुखमा तीज, दशैं, र तिहारको तयारी गरिरहेका स्थानिय बासिन्दाको खुसीमा बाधा परेको छ।
बाघको आक्रमण: ७ वटा बाख्राको मृत्यु
बेलसराका स्थानिय जग बहादुर गुरुङको बाख्राहरूलाई बाघले पटक–पटक आक्रमण गर्दा ठूलो क्षति पुगेको छ। भदौ ४ गते बाघले चारवटा बाख्रा खाएको थियो। त्यसपछि पुनः तीनवटा बाख्रालाई बाघले आक्रमण गरी मारेको छ। कुल सातवटा बाख्राको मृत्यु भएको छ, जसमा एक बोका, दुई खसी, र चार माउ पाठी रहेका छन्।
रातिको समयमा बाघको त्रास
स्थानिय बासिन्दाहरुका अनुसार रातको समयमा बाघ बारम्बार देखिने गरेको छ। यसले गर्दा स्थानियहरु रातभर जाग्राम बस्न बाध्य भएका छन्। बाघको आतङ्कले गर्दा स्थानिय बासिन्दाहरु आफ्नो सुरक्षाका लागि चिन्तित छन् र राहतका लागि स्थानिय सरकारसँग आशा गरेका छन्।
स्थानिय सरकारको राहत अपेक्षा
चाडपर्वको मुखमा यस्तो विपत्ति परेका बेला स्थानियहरु स्थानिय सरकारबाट केही राहतको अपेक्षा गरिरहेका छन्। बाघको आक्रमणले गर्दा जनजीवन प्रभावित भएकोले स्थानिय सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले तुरुन्तै सहयोगको माग गरेका छन्।