काठमाडौँ - काठमाडौँबाट दिल्लीका लागि बिहीबार राति ९:३० बजे उड्नुपर्ने एअर इन्डियाको उडान अन्तिम समयमा रद्द गरिएको छ। यात्रुहरू जहाजमा बसिसकेपछि मात्र उडान रद्द गरिएको जानकारी दिइएको हो।
प्राविधिक कारणले उडान रद्द
एअर इन्डियाको उडान रद्दको कारण प्राविधिक समस्या बताइएको छ। तर, यात्रु सतिश वस्तीका अनुसार उडान रद्दको वास्तविक कारण भने खुलाइएको छैन।
यात्रुहरुलाई होटलमा राखियो
उडान रद्द भएपछि राति ३ बजेतिर सबै यात्रुहरुलाई काठमाडौँको होटेल र्याडिसनमा पुर्याइएको थियो। उडानको पुनः तालिका नबनाइन्जेल यात्रुहरूलाई होटलमा राख्ने व्यवस्था गरिएको छ।
पाइलटको उडान समय समाप्त
एअरपोर्ट सुरक्षा निकायले पाइलटको उडान समय समाप्त भएको कारणले उडान रद्द गर्नुपरेको जानकारी दिएको छ। पाइलटको प्रतिदिनको उडान समय सीमित हुन्छ, र त्यो समय अवधि पूरा भएपछि थप उडान गर्न अनुमति दिइँदैन।
कनेक्टिङ फ्लाइटको पुनः तालिका
एअर इन्डियाका ड्युटी सुपरभाइजर विष्णु दाहालले उडान आज दिउँसो हुने र सबै कनेक्टिङ फ्लाइटको पुनः तालिका बनाइने जानकारी दिएका छन्। यात्रुहरूलाई कुनै असुविधा नहोस् भनेर आवश्यक व्यवस्था मिलाइएको छ।