काठमाडौं – आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको धक्का सिन्धुपाल्चोक र काठमाडौंलगायतका आसपासका जिल्लामा समेत महसुस भएको थियो।
यसअघि मनाङमा पनि भूकम्प
यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रविन्दु भएर पनि भूकम्प गएको थियो। लगातार भइरहेका यी साना भूकम्पका घटनाले स्थानीयहरूमा चिन्ता बढाएको छ।