प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको विवाद पछिल्लो समय चर्किएको छ। खोला किनारका बस्ती हटाउने विषयबाट सुरु भएको यो बिवादले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ।
शितयुद्धको सुरुवात
यो विवाद प्रारम्भमा खोला किनारका बस्ती हटाउने सवालमा भएको मतभेदबाट सुरु भएको थियो। बालेनले काठमाडौंको विकासका लागि बस्ती हटाउनुपर्ने बताएका थिए, तर ओली र उनको पार्टीले यसमा असहमति जनाएका थिए। जसले गर्दा दुवै पक्षबीच सामाजिक संजालमा बयानबाजी सुरु भयो। हालै, बालेनले एमाले सांसद रेखा शर्मालाई पक्राउ गर्न दबाब दिँदा यो विवाद थप गहिरिएको छ।
डिजिटल बहिस्कार अभियान
यस विवादको कारण केपी ओलीविरुद्ध डिजिटल बहिस्कार अभियान पनि सुरु भएको छ। सामाजिक संजालमा "ओलीलाई अनफलो गरौं" भन्ने नारासहित अभियान चलेको छ। डिजिटल आन्दोलनको संज्ञा दिइएको यो अभियानमार्फत प्रधानमन्त्री ओलीलाई ‘‘अनफलो’’ गर्ने काम भइरहेको छ। यो अभियान यो अभियान शुरु भएपछी ओलीको आधिकारिक फेसबुक पेजमा तिव्र रुपमा फलोअरको संख्या घटिरहेको छ ।
यो डिजिटल आन्दोलनले सामाजिक संजालमा व्यापक चर्चा पाएको छ, जसले गर्दा ओलीको सामाजिक संजालमा उपस्थिति कमजोर हुने सम्भावना देखिन्छ।
मेयर बालेनको बयान
बालेनले हालै ओलीका समर्थकहरुलाई शिक्षा दिन आग्रह गरेका थिए। उनले सामाजिक संजालमा लेखेका थिए, "प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई राजनीति गर्नु अघि आधारभूत ज्ञान दिनुपर्छ। ज्ञान बिना, उनीहरु सत्तामा पुगेपछि अरुबाट प्रभावित हुन सक्छन्।" यो बयानले विवादलाई थप बल दिएको छ र यसले सामाजिक संजालमा व्यापक चर्चा पाएको छ।
यो विवादले दुवै पक्षका समर्थकहरु बीचको तनावलाई बढाएको छ, र यसले आगामी दिनमा अझै कस्तो रुप लिने हो, त्यो भने हेर्न बाँकी नै छ।
सम्बन्धित समाचार
ओलीलाई बालेनको "काउन्टर अट्याक", एमाले सांसदलाई पक्रिन यसरी दिए दवाव
ओलीमाथी बालेनको अर्को प्रहार, लामो स्ट्याटस लेख्दै भने यस्तो कुरा
फेरि आयो बालेनको स्ट्याटस : सरकारले आफ्नो फेसबुक पोष्ट उडाएको संकेत