२०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सूची सार्वजनिक भएको छ। यसपटकको सूचीमा अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम छैन। आठ पटक बालोन डी’ओर जितेका मेसी र पाँच पटक विजेता भएका रोनाल्डो २००३ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन्।
इंग्ल्याण्डका खेलाडीहरूको दबदबा
इंग्लिस क्लबहरू म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त रूपमा आठ खेलाडी मनोनयनमा परेका छन्। ३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन्। ह्यारी केन, ज्युड बेलिंघम, फिल फोडेन, डेक्लान राइस, बुकायो साका र कोल पाल्मर इंग्ल्याण्डबाट मनोनयनमा परेका खेलाडी हुन्।
१७ वर्षीय ल्यामिन यमल पनि सूचीमा
स्पेन र बार्सिलोनाका १७ वर्षीय ल्यामिन यमलले समेत बालोन डी’ओरको सूचीमा स्थान बनाएका छन्। यसले उनलाई बालोन डी’ओरको इतिहासमा एक महत्त्वपूर्ण युवा खेलाडीको रूपमा चिनाएको छ।
बालोन डी’ओरको प्रारम्भिक सूचीमा पर्ने खेलाडीहरूबेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड)
- रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)
- फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)
- फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)
- एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)
- अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)
- निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)
- ग्रानित जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)
- आर्टेम डोभबिक (युक्रेन र रोमा)
- टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)
- भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)
- ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)
- फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)
- मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)
- माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)
- रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)
- ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)
- डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)
- भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)
- कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)
- ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
- लामिन यमल (स्पेन र बार्सिलोना)
- बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)
- हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)
- विलियम सलिबा (फ्रान्स र आर्सेनल)
- केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)
- लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
- एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)
- एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)
- अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)
यस सूचीमा रहेका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राख्दै अन्तिम पुरस्कार कसले जित्छ भन्ने प्रतीक्षा गरिनु पर्नेछ।