काठमाडौं - देशभर हाल मनसुनी वायुको प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ, जसको प्रभावले देशभर आंशिकदेखि साधारण बदलीको अवस्था छ।
दिउँसोको पूर्वानुमान
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, लुम्बिनी, र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने चेतावनी दिइएको छ।
रातिको पूर्वानुमान
कोशी, मधेस, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
सतर्कता
महाशाखाले भारी वर्षाको सम्भावना रहेको क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।