काठमाडौं -अनिशा पराजुली आगामी नोभेम्बर १९ देखि २७ सम्म कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। उनले १८ नोभेम्बरमा प्रतियोगिताका लागि कम्बोडिया प्रस्थान गर्ने योजना बनाएकी छिन्।
बुद्धको थिममा नेसनल कस्ट्युम
प्रतियोगिताका लागि अनिशा पराजुली अहिले विभिन्न विधाको प्रशिक्षणमा जुटेकी छन्। उनले प्रतियोगितामा प्रस्तुत गर्ने ‘नेसनल कस्ट्युम’ बुद्धको थिममा तयार गर्ने सोच बनाएकी छिन्। कम्बोडियामा बौद्ध धर्मालम्बीको ठूलो संख्या भएकोले यो थिम छनोट गरेको उनले बताएकी छन्।
नेपाललाई विश्वमा चिनाउने अवसर
पराजुलीका अनुसार यो प्रतियोगिता नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार गर्न महत्वपूर्ण अवसर हो। उनले यस अवसरलाई भरपुर उपयोग गरेर नेपालको नाम उज्जवल बनाउने आफ्नो योजना रहेको बताइन्।
‘मिस प्लानेट’ २०२४ को थिम
यो बर्षको ‘मिस प्लानेट’ को थिम ‘दिगो विकास र मानसिक स्वास्थ्यको सचेतना’ रहेको छ। प्रतियोगितामा उनलाई नेक्स्ट मोडल्स नेपाल मार्फत पठाइएको हो।
अनिशा पराजुलीको पृष्ठभूमि
अनिशा पराजुली वीर नर्सिङ क्याम्पसमा मनोचिकित्सा नर्सिङमा मास्टर अध्ययनरत छिन्। उनी केही समय अघि काठमाडौंमा सम्पन्न नर्सहरूका लागि आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’मा उपविजेता भएकी थिइन्। यो सफलताले नै उनलाई ‘मिस प्लानेट २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिलाएको हो।