बागलुङ - लगातारको अविरल झरी र बिहीबार मध्यराति आएको बाढीले बागलुङमा तीन जनाको मृत्यु भएको छ।
बाढीले बनाएका तेश्रो व्यक्तिको पनि शव फेला परेपछी मृतको संख्या ३ पुगेको हो। बागलुङ नगरपालिका-५ बान्द्रे क्षेत्रमा बिहीबार राति साढे १२ बजे बाढी आएको थियो, जसले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको छ।
मृतकहरूको परिचय
प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार बाढीले बगाएर २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी, र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको पुष्टि भएको छ। दुई जनाको शव राति नै तीन सय मिटर तल फेला परेको थियो भने कमल सापकोटाको शव भने शुक्रबार बिहानमात्रै भेटिएको हो।
उद्धारमा कठिनाइ
लगातार वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको पौडेलले जनाएका छन्। राति ७ बजेदेखि निरन्तर परेको पानीले बाढीको प्रकोप थपिएको थियो। मृतकहरूको शव परीक्षणका लागि धौलागिरि अस्पतालमा लगिएको छ।