काठमाडौं – अभिनेता नाजिर हुसेनले आफूमाथि विगतमा भएको 'सेक्सुअल ह्यारेसमेन्ट' घटनाबारे खुलासा गरेका छन्। उनले एक फिल्म निर्माताले आफूलाई कुराकानीको क्रममा 'ब्याड टच' गरेको आरोप लगाएका छन्।
निर्माताको ब्यवहार
नाजिरले विभिन्न युट्युब च्यानलहरूमा दिएको अन्तरवार्तामा यो घटना साझा गरेका हुन्। उनका अनुसार फिल्मको विषयमा छलफल गर्दै गर्दा उक्त निर्माताले तिघ्रामा समातेका थिए।
पहिचान गोप्य
नाजिरले आफूलाई 'ह्यारेसमेन्ट' गर्ने उक्त निर्माताको पहिचान भने सार्वजनिक गरेका छैनन्।
नाजिरले सुनाएको घटना:
"एकजना मेल प्रोड्यूसर हुनुहुन्छ। अगाडि एक दुईवटा फिल्म बनाउनुभएको रहेछ। हामी एउटा क्याफेमा बसेर स्क्रिप्ट पढ्ने कुरा गरिरहेका थियौँ। हामीले यसरी फिल्म बनाउँदैछौं भन्नुभयो। अलि लेट आउनुभएको थियो। ठ्याक्कै मेरो छेउमा बस्नुभयो। गर्नुपर्छ है मेरो फिल्म भनेर मेरो तिघ्रामा छुनुभयो। त्यो छुवाइ ठिक थिएन। जुन तरिकाले उहाँले मलाई टच गर्नुभयो, मलाई त मन परेन। त्यो बेलामा म पावरफुल थिएँ। मैले तात्तातो कफी उहाँको मुखमा फाल्न रेडी थिएँ। अर्को साथी हुनुहुन्थ्यो। उहाँलाई थाहा छ। उहाँले मलाई कफी फ्याँक्नलाई रोक्नुभयो। म एकदम रिसाएँ । तपाईँले जानेर छुनुभयो कि नजानेर छुनुभयो, जुन हिसाबले मेरो तिघ्रामा छुनुभयो यो छुवाइ मलाई मन परेन। तपाईँले एक करोड दिए पनि यो फिल्म गर्दिनँ।"