नेपालको पुर्वी क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ। झापालगायतका क्षेत्रमा भुकम्पको धक्का महशुस भएको झापा बुधबारेका स्थानिय साहिल शिवाकोटीले जानकारी दिए।
सिक्कीम केन्द्रबिन्दु
प्रारम्भिक सुचनाअनुसार सिक्कीम केन्द्रविन्दु भएर गएको ४.३ रेक्टर स्केलको भुकम्पको धक्का नेपालका पुर्वी जिल्लाहरुमा समेत महशुस भएको हो। यसैगरी भारतको पश्चिम बंगाल, असाम र भुटानका केहि क्षेत्रहरुमा पनि धक्का महशुस गरिएको छ।