कैलाली - धनगढी उप–महानगरपालिका बेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा दुई दिदी बहिनी डुबेका छन्।
धनगढी उप-महानगरपालिका १५ र ७ को बिचमा पर्ने बेली पुल नजिकै दिउँसो करिब १ बजे धनगढी १४ जी गाउँका महादेव अवस्थीका दुई छोरीहरू १६ वर्षीया जेनिशा अवस्थी र १४ वर्षीया सवि अवस्थी नदीमा नुहाउने क्रममा डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
खोजी कार्य तुरुन्तै सुरु
नदीमा डुबेको खबर पाएपछि प्रहरीले खोजी कार्य तुरुन्तै सुरु गरेको थियो। प्रहरी र स्थानीयको प्रयासमा सविलाई पानीबाट उद्धार गरी तत्काल उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिएका छन्।