काठमाडौँ – काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। बिहान ७ बजे उडेको उक्त फ्लाइट भूइँ छाडेको करिब ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो।
चक्काको स्टेयरिङ लक भएपछि फर्काइयो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, जहाजको चक्काको स्टेयरिङ लक भएपछि विमानलाई तुरुन्तै विमानस्थलमा फर्काइएको थियो। थप प्राविधिक निरीक्षणपछि मात्र विमानलाई पुनः उडानका लागि अनुमति दिइने बताइएको छ।
यात्रुहरु सुरक्षित
विमान आकस्मिक रूपमा फर्काइएको भए पनि सबै यात्रुहरु सुरक्षित रहेका छन्। अधिकारीहरुले यात्रुहरुको सुरक्षामा कुनै पनि जोखिम नरहेको जानकारी दिएका छन्।