सिड्नीको ट्रेन नेटवर्कमा सोमबार बिहान ठुलो अवरोध सिर्जना भएको छ, जसले गर्दा टी१, टी२, टी३, टी८ र टी९ लाइनहरुमा सेवाहरु रद्द भएका छन्। सिड्नी ट्रेन्स र एनएसडब्ल्यू ट्रेनलिंक इन्फोले एक्स (पहिले ट्विटर) मा पोस्ट गरेको फोटोमा सिड्नीको सेन्ट्रल स्टेशनमा रहेको ट्रयाकको चिरिएको भाग देखाइएको छ।
सेन्ट्रल स्टेशनमा आपतकालीन मर्मत कार्य
"सेन्ट्रलमा आपतकालीन ट्रयाक मर्मतका कारण विभिन्न लाइनका केही ट्रेन ढिलो चलिरहेका छन्। " पोस्टमा लेखिएको थियो। मर्मत कार्यमा संलग्न टोलीले समस्यालाई छिटो समाधान गर्ने प्रयास गरिरहेको र यस अवधिमा यात्रुहरुको धैर्य र समझदारीका लागि धन्यवाद दिएको छ।
सेवाहरुमा ठूलो असर, समय थपेर यात्रा गर्न सुझाव
बुर्वुडबाट बिहान ८ बजेदेखि ९ बजेसम्म चल्ने सेवाहरुको एक तिहाइभन्दा बढी रद्द गरिएको थियो भने अन्य सेवाहरुमा ढिलाइ भएको थियो। एनएसडब्ल्यू यातायात विभागका रेल अपरेसन निर्देशक जस टम्बरका अनुसार सेन्ट्रल स्टेशनमा ठूलो समस्या भएको रेलका कारण ढिलाइ भएको हो। उनले भने, "यो गम्भीर चिरिएको रेल भएकाले हामी आज बिहान त्यसलाई काटेर पुन: प्रतिस्थापन गर्नुपर्ने भएको छ। यो कार्य सञ्जाल सञ्चालन भइरहेका बेला गर्ने भएकाले जटिल भएको छ।"
थप यात्रा समयको आवश्यकता
एनएसडब्ल्यू यातायातले यात्रुहरुलाई थप यात्रा समयको लागि तयारी गर्न आग्रह गरेको छ। “टी१ उत्तर शोर लाइन र टी९ उत्तरी लाइनमा ट्रेनहरु सामान्य तालिका अनुसार चलिरहेका छैनन्,” एनएसडब्ल्यू यातायातको चेतावनीमा उल्लेख गरिएको छ।