नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडा भ्रमणका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ। सोमबार सार्वजनिक टोलीमा रोहित पौडेलको कप्तानीमा नेपालले खेल्ने छ।
विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकाल टोलीमा पुनरागमन गरेका छन्। अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटपछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्। देव खनाललाई ट्राभल रिजर्भ खेलाडीको रूपमा राखिएको छ।
खेल तालिका
नेपालले क्यानडासँग सेप्टेम्बर १६ र २२ मा आफ्नो पहिलो खेल खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। लिग २ समाप्त भएपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ।
टी–२० आई सिरिज तालिका
- नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग टी–२० खेल खेल्नेछ।
- सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल हुनेछ।
- लिग २ समाप्त भएपछि नेपाल, अमेरिका र स्कटल्यान्डसँग पनि त्रिकोणात्मक र टी–२० आई सिरिज खेल्न अमेरिका जानेछ।
लिग २ को संरचना
आठ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ, जसमा शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्। गत फेब्रुअरीमा भएको सिरिजमा नेपालले नामिबियासँग दुबै खेल गुमाएको थियो भने नेदरल्यान्ड्ससँग एक खेल जितेको थियो। नेपाल हाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
नेपाल क्रिकेट टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)