काठमाडौं - काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा सर्लाहीका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ। हरिपुर नगरपालिका–८ का कर्ण निलगिरी गेस्ट हाउसभित्र मृत अवस्थामा फेला परेका हुन्।
महिलाको शव बाग्मती किनारमा फेला
त्यसैगरी, कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा एक महिलाको शव भेटिएको छ। अन्दाजी ४५ वर्षकी ती महिलाको नामथर र वतन हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।